नयाँ वर्ष २०७६ मा नेपालको पहिलो भू-उपग्रहः नेपालीस्याट-१

नेपालीस्याट-१। 

अब आउने नयाँ वर्ष २०७६ मा नेपालको पहिलो भू-उपग्रह नेपालीस्याट-१ अन्तरीक्षमा प्रक्षेपण हुदैं छ। यो नेपालको विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण प्रगतीको रुपमा लिन सकिन्छ। देशको आफ्नै आर्थीक श्रोत र  जनशक्तीबाट निर्मित पहिलो यो स्याटेलाइट निर्माणले नेपालीहरु अन्य देशका नागरीकहरु जस्तै  मिहेनत गर्न सक्छ भनेर देखाएको छ।

नेपालीस्याट-१ नेपाल सरकारले सम्पुर्ण नेपालीहरुलाई समर्पित गरि बनाएको स्याटेलाइट हो। नेपाल सरकारको तर्फ बाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युशु इन्स्टिचुट अफ टेक्नोलोजी (क्युटेक) बिच सम्झौता भई करिब १ वर्ष ६ महिना मा (बर्ड्स-३) परियोजना [HERE] अन्र्तगत बनाइएको स्टाटेलाईट हो। यसले मुख्य ४ विषेश काम अन्तरीक्षमा गर्ने छ।

विषेश काम
भविष्यमा नेपालले आफ्नो स्याटेलाइटबाट रिमोट सेन्सिङ गर्ने क्षमाताको विकाशको गर्न लागि यस स्याटेलाइट पहिलो कदम भनेको अन्तरीक्षबाट तस्बिर खिचेर देखाउने छ । यो प्रविधिको सफल परिक्षणबाट भविष्यमा आउने अन्य भु-उपग्रहले उन्नत प्रविधिको तस्बिर खिच्न सक्ने हुनेछ । त्यसैगरि रिमोट सेन्सिङको लागि अर्को महत्वपूर्ण प्रविधि  भनेको "एटिच्युड कन्ट्रल" पनि हो । यो एक प्रकारको प्रविधि उपकरणको परिक्षणमात्र रहेको छ ।


भविष्यमा नेपालले कुनै पनि प्राकृतिक प्रकोप को प्रारभ्भिक पूर्व चेतावनी प्रणलीको विकाश गर्ने हो भने यस प्रकारका सानो स्याटेलाइले ठूलो भुमिका खेल्न सक्छ । त्यसैले तेश्रो विशेष कार्य  नेपालीस्याट-१ मा प्रविधि परिक्षणकै रुपमा "लोरा संचार मोड्युल" पनि रहेको छ। "लोरा" ले  कम मात्रमा बिजुली प्रयोग गर्ने हुनाले यो एकप्रकारको आकर्षण मोड्युल मानिएको छ। यस प्रविधिको अन्तरीक्षमा सफल परिक्षण भएमा अवश्य पनि "स्टोर तथा फरवार्ड"  मिशन मा प्रयोग हुने सम्भावना देखिन्छ ।

नेपालीस्याट-१ को अन्तिम कार्य भनेको भू-उपग्रहः प्रविधिमा प्रयोग हुने अत्यावश्यक सिस्टमको विकास पनि रहेको छ। यस प्रकारको सिस्टम नेपालीस्याट-१ मा रहेकोले भविष्यमा अन्तरीक्षमा यस सिस्टमको  व्यापार तथा उपयोगीता गर्न सक्ने पनि संभावना बलियो दखिन्छ ।

बर्ड्स-३ टीम
चुनौती
तर नेपालमै अन्तरीक्ष वा स्याटेलाइट प्रविधिको विकास गर्ने हो भने यस क्षेत्रलाई प्राथमिकता दिई आजको भोली नै परिणम नहेरी क्रमबद्ध तरीकाले अगाडी आर्थिक श्रोत र मानव जनशक्तिको विकास गर्दे जानु पर्ने देखिन्छ।  यस्को लागि क्यानस्याटको तालिम एउटा बाटो हुन सक्छ [HERE]। मेरो विचारमा सरकारले काम गर्ने आधारभुत वातावरण सबै क्षेत्रमा गर्दे जादां यस क्षेत्रमा पनि सकारात्मक वातावरण निर्माण हने हुनाले कुनै पनि कुराको विकाश सानैबाट मात्र संभव भएकोले यस कार्यलाई निरन्तरता दिदै भविष्यमा परिणाम प्राप्त हुनेछ।

Comments

Popular Posts